काठमाडौं, २९ चैत्र । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी पाँचखाल नगरपालिका–१ की चार महिनाकी बालिका लोसाङ डोल्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश–०२–०२९ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान आफै दुर्घटना भएको थियो । मोटरसाइकलमा सवार अन्य दुई घाइते भएका छन् ।
बालिकाको बुवा बृद्ध तामाङ र आमा सुस्मिता तामाङ पनि घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको डा.इवामुरा अस्पताल सल्लाघारीमा उपचाररत छन् ।




प्रतिक्रिया