झापाको मेचीनगरको मेयर नपाएपछि एमाले नेता घिमिरेले रुँदै छाडे पार्टी


काठमाडौं, २९ चैत्र । एमालेका पूराना नेता डिल्लीराम घिमिरेले पार्टी छोडेका छन् ।

आज पत्रकार सम्मेलनको आयोजना गरेर उनले एमाले छोडेको बताए ।

झापाको मेची नगर नगरपालिकाको मेयरको उम्मेद्‍वार सिफारिसमा नपरेपछि उनले पार्टी छोडेका हुन् ।

आफूमाथि पार्टीमा धेरै नै अन्याय भएको र अवसरबाट बञ्चित गरिएको उनको आरोप छ ।

उनले पत्रकार सम्मेलनको क्रममा आफूले ३१ वर्षअघि पार्टी सदस्य प्राप्त गरेको र निरन्तर रुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गरेको स्मरण गराए ।

तर, पार्टीका केही नेताले आफ्नो अवमूल्यन गरेको उनको गुनासो छ ।

उनले आफूले पार्टी छोडेको भन्दापनि आफूलाई नेताहरुले रुवाउँदै निश्काषन गरेको बताए । file photo