किसानलाई धानको बीउको पिरोलो


महोत्तरी, १५ जेठ । महोत्तरीमा धानको बीउ भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि किसानको पिरोलो बढेको हो । मुख्य बाली धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान चिन्तित बनेका छन् ।

“आधा जेठ त भई नै हाल्यो, खै बीउ पाइँदैन, के गर्ने होला?”अहिले यहाँका आम किसान यस्तै भन्छन् । स्थानीय तहको चुनावबाट जितेका प्रतिनिधिले काम सम्हाले पनि ‘बीउको प्रबन्ध यहाँ गरिएको छ’ कसैले नभनेका भङ्गाहा–४ का किसान मोहन खाँ थारुले भने ।

“चुनावअघि प्रचारमा घरघर पुग्दा अब बस्तीबस्तीमै बीउ, मल सुलभ मूल्यमा व्यवस्था गरिन्छ भन्थे” भर्खरै सम्पन्न स्थानीयतह निर्वाचन अभियानको प्रचारप्रसार सम्झदै उनले भने, “अहिले पद सम्हालेपछि भेट्नै सकिन्न ।” समयसमयमा परेको पानीले माटोमा धुले बीउ राख्ने चिस्यान पर्याप्त भए पनि बीउको टुङ्गो नहुँदा किसान रनभूल्ल परेका हुन् ।

यसपालि वैशाखी तरकारी हुरीबतास र पानीले पिटेर गलेको फलफूल हावाहुरीले सोत्तर पारेर झारेको पिरोलो खेपेका यहाँका किसानलाई मध्य जेठ बित्दै गर्दा धानको बीउको समस्या परेको छ । यही जेठ मध्यसम्म धानको बीउ नै नभेटिएपछि यसपालि समयमा ब्याड राख्न र रोपाँइ गर्न नभ्याइने भन्ने किसानको आशङ्का छ ।

असार पहिलो सातालगत्तै धानको सघन बीउ (बेर्ना) रोपाँइ सुुरु हुने भए पनि अहिलेसम्म धानको बीउको जोहो नै नहुँदा यसपाली ठीक समयमा खेती लाग्न नसक्ने किसानको चिन्ता छ । “जेठ आधा त भई नै हाल्यो, धानको बीउ पाइएको छैन” जिल्लाको बलवा नगरपालिका–१० धमौराका किसान मन्सुर राइन भने, “यसपालि खेतीको सबै तालिका भताभुङ्ग हुनेभयो, समयमै धान रोपाँइ गर्न नपाइने भन्ने परिसक्यो ।” मध्य जेठमा धानको बीउ ब्याडमा राखी सक्नुपर्नेमा आफूहरु अझै बीउ नपाएर झोक्राउनु परेको उनको भनाइ छ ।

जिल्लाको मुख्य फसल (बाली) धान लगाउने टुङ्गो नभएपछि किसान घरगुजाराको चिन्ताले पिरोलिएका छन् । पहिले पहिले स्थानीय जातका धान लगाइँदा आफैँले बीउ राख्ने गरे पनि अहिले विकासे जातका धान लाउन थालिकन बीउकै लागि बजारको मुख ताक्नु परेको किसानको भनाइ छ ।

Skip This

Omoda E5 Pro