७ वर्षिया धर्मपुत्रीको हत्यापछि आत्महत्या


कास्की, जेठ १८ । पोखरामा एक महिलाले ७ वर्षिया बालिकाको हत्यापछि आफैँले आत्महत्या गरेकी छन्। पोखराको सिर्जनाचोकमा बस्दै आएकी ३९ वर्षिया सुशीला शर्मा खतिवडाले बुधबार साँझ धर्मपुत्रीका रुपमा राखेकी ७ वर्षिया बालिका सोनिया शर्मा खतिवडाको हत्यापछि आफूलेपनि आत्महत्या गरेकी हुन्।

सुरुमा धर्मपुत्री सोनियालाई सलले घाँटी कसेर हत्या गरेपछि आफूलेपनि सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरेकी हुन्। बालिका पोखराको लिटिल स्टेप बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ।

प्रहरीका अनुसार दुबैको शव बेडरुम (सुत्ने कोठा)मा भेटिएको छ। बच्चाको शव सलले घाँटी बेरिएकै अवस्थामा भेटिएको थियो भने आमा सुशीला पंखामा झुण्डिएको अवस्थामा भेटिएको थियो।

प्रहरी स्रोत भन्छ, सुरुमा बच्चालाई विषप नि खुवाइएकोजस्तो छ। त्यसपछि सलले घाँटी कसेर मारेको देखिन्छ।’ बच्चा मरिसकेपछि मात्रै महिलाले आत्महत्या गरेको जस्तो देखिएको बाल अधिकारकर्मी बिजयकुमार प्रधानले बताए। बालिकाको हत्या र त्यसपछि आफैले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन।

Skip This

Omoda E5 Pro