पूर्वप्रधानसेनापति रुकमाङ्गत कटवाल आइसीयुमा, अवस्था चिन्ताजनक


काठमाडौं, माघ २० । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालको अवस्था जटिल भएपछि आइसियुमा लगिएको छ ।

मृगौला रोगबाट पीडित कटवालको आज छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा डाइलसिस गर्ने क्रममा मुखबाट रगत आएपछि अवस्था जटिल बनेको हो । अस्पताल स्रोतका अनुसार अहिले आइसीयुमा राखेर उपचार भैरहेको छ।

७५ वर्षीय कटुवाल लामो समयदेखि मृगौलाको समस्याबाट ग्रस्त रहेका छन् ।