एमाले अध्यक्ष ओली बालुवाटारमा, राष्ट्रपतिबारे प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्ने


काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । राष्ट्रपति निर्वाचनका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग निर्णायक छलफलका लागि उनी बालुवाटार पुगेका हुन् ।

राष्ट्रपति निर्वाचनको विषयलाई लिएर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको विघटित सत्ता गठबन्धनको छलफल भइरहेको बेला पुष १० को सहमति सम्झाउन ओली फेरि बालुवाटार पुगेका हुन् । अहिले दाहाल–ओलीबीच छलफल भइरहेको छ ।