काठमाडौं, २५ बैशाख । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले शल्यक्रिया गराएका छन्।
सन्दीपको शरीरमा रहेका ६ वटा लाईपोमाहरुको सोमबार शल्यक्रिया गरी निकालिएको हो।
नेपाल क्रीकेट संघ(क्यान)का मेडिकल कोअर्डिनेटर डा अभिषेक राज सिंहका अनुसार अहिलेको खाली समयको सदुपयोग गरी प्लान सर्जरी गरिएको हो।
सन्दिप भोलि नै डिस्चार्ज हुनेछन् र आगामी खेलहरूमा नियमित रूपमा फर्किने उनले बताए।




प्रतिक्रिया