सिंहदरबारलाई जुत्ताचप्पल देखाउने मिटरब्याज पीडितको तयारी


काठमाडौं, २७ फागुन । मिटरब्याज पीडितहरु अहिले काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । उनीहरु २३ दिन पैदल हिँडेर काठमाडौं केन्द्रीत आन्दोलनमा आएका हुन् । उनीहरु अहिले काठमाडौंको भृकुटीमण्डमा बस्दै आएका छन् ।

आज पनि उनीहरुले भृकुटीमण्डपबाट र्‍याली सुरु गरेका छन् । प्रहरी प्रशासनले उनीहरुको र्‍यालीलाई त्यहाँबाट बाहिर निस्कन नदिएपछि शान्ति बाटिकामा गएर आजको प्रदर्शन टुङ्ग्याउने उनीहरुको तयारी रहेको छ ।

समूहमा निस्किँदा प्रहरीले रोक्ने भएकाले केही समयमा छिटफुट गर्दै त्यहाँबाट निस्किएर सिंहदरबार आउने उनीहरुको तयारी छ । आफूले लामो समय प्रदर्शन गर्दासमेत सिंहदरबारले नसुनेको र नदेखेको भन्दै उनीहरुले सिंहदरबारलाई आफूले लगाएको जुत्ताचप्पल फुकालेर देखाउने कार्यक्रम तय गरेका छन् । File Photo/RN