काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । दिउँसो २ बजेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाईएको छ ।
आज बस्ने मन्त्रिपरिषद्को बैठकले संसद्को बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमा सिफारिस गर्ने सम्भावना छ ।
गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न आँटेको हो । हिउँदे अधिवेशन वैशाख २५ का लागि बोलाउने तयारी सरकारले गरेको छ । जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले त्यसको तयारीका लागि बजेट अधिकार बोलाउने तयारी गरेको हो ।




प्रतिक्रिया