शोभा पाठक पक्राउ


काठमाडौं, २८ जेठ । प्रहरीले धादिङ स्थायी घर भएकी शोभा पाठकलाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोको टोलीले पाठकलाई आज (सोमबार) ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गरेको भनेर उजुरी परेको थियो ।

file photo