काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का नेता केशब बडाललाई पत्नी शोक परेको छ । बडालकी पत्नी शान्ति बडालको गएराति निधन भएको हो । एमाले नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले बडाललाई परेको पत्नी वियोगको खबरले स्तब्ध बनाएको उल्लेख गरेका छन् ।
बाँस्कोटाले लेखेका छन्–‘नेकपा एमालेका आदरणीय नेता केशब बडाललाई पत्नी वियोगको खबरले स्तब्ध बनाएको छ।स्वर्गीय शान्ति बडालप्रति हार्दिक श्रध्दाञ्जलि ।कमरेड केशब बडाल र सम्पुर्ण परिवारमा गहिरो समबेदना साथै धैर्यधारणको प्रार्थना गर्दछु।




प्रतिक्रिया