काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल यतिवेला कोशी प्रदेशमा छन् । उनी झापाबाट सुरु भएको जनतासँग माओवादी कार्यक्रमको लागि पूर्वमा छन् । उनी आँफै अभियानको नेतृत्व लिएर मैदानमा उत्रिएका छन् । यतिवेला उनको टोली सुनसरीमा छन् ।
आज (बिहीबार) तराई/मधेस जागरण अभियानका क्रममा प्रचण्डले सुनसरीको हरिनगर गाउँपालिका–४ को सबैभन्दा पुरानो बजारमा एक स्थानीय व्यापारीको पसलमा पान खाएका छन् । दाहालले पानको पैसा आफ्नै पर्सबाट निकालेर तिरेका छन् । उनले पछिल्लो समय कतिपय ठाउँमा स्थानीयसँग केही किन्नुपरे वा कसैलाई सहयोग गर्नुपरे आफ्नै पर्सबाट पैसा निकालेर दिएका छन् ।




प्रतिक्रिया