रास्वपाको प्रदेश अधिवेशन आजदेखि शुरु हुँदै


काठमाडौं, जेठ २६ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप वडा, पालिका, जिल्ला हुँदै प्रदेश अधिवेशन शुरु हुन लागेको हो ।

रास्वपाका अनुृसार अहिलेसम्म ५६ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ भने बाँकी १२ जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ । रास्वपाले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ २३ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको थियो । पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिएलगत्तै मङ्गलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदै छ ।

रास्वपाले वडा र पालिका तहको अधिवेशन सम्पन्न गरिसकेपछि जिल्ला अधिवेशनमार्फत सङ्गठनलाई थप सुदृढ बनाउने अभियानलाई तीव्रता दिएको हो । अधिवेशनको क्रममा केही जिल्लामा नेतृत्वको विषयमा विवाद भएको छ । रास्वपाले आउँदो असार ६ र ७ गते चितवनमा पहिलो महाधिवेशन तालिका सार्वजनिक गरिसकेको छ । रास्वपाले पहिलो महाधिवेशनलाई संस्थागत विकास र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ ।

Skip This

Omoda E5 Pro