काठमाडौं, जेठ २६ । आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ ।
यस्तै, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको तराई भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भाग, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मुख्यतया सफा रहने छ ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू–भाग र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको जनाइएको छ ।



प्रतिक्रिया