आर्थिक विधेयकमा चलखेलको आरोपको शिक्षामन्त्रीद्वारा खण्डन


काठमाडौँ । बजेट र आर्थिक विधेयकलाई लिएर विपक्षी दलहरूले करका दर हेरफेर र सूचना चुहावटको गम्भीर आरोप लगाइरहेका बेला सरकारले त्यसको खण्डन गरेको छ।

मन्त्रिपरिषद् बैठकपछि पत्रकारसँग कुरा गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले आर्थिक विधेयकमा कुनै पनि किसिमको अनधिकृत चलखेल नभएको दाबी गरेका हुन्।

सरकारका प्रवक्ताको भूमिकामा समेत रहेका मन्त्री पोखरेलले मन्त्रालयले निकै मेहनत गरेर देशको हित अनुकूलको उत्कृष्ट बजेट ल्याएको जिकिर गरे।

‘बजेट निर्माण र आर्थिक विधेयकमा कुनै चलखेल भएको छैन,’ मन्त्री पोखरेलले दृढताका साथ भने, ‘अर्थमन्त्रीज्यूले एकदमै मेहनत गरेर एकदमै राम्रो बजेट ल्याउनुभएको छ, जसमा सरकार र हाम्रो पूर्ण समर्थन छ।’

Skip This

Omoda E5 Pro