काठमाडौँ । नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई वर्तमान केन्द्रीय समितिमा समेट्ने निर्णय गरेपछि पार्टीभित्र नयाँ राजनीतिक तरङ्ग पैदा भएको छ। पार्टीको उक्त निर्णयलगत्तै पूर्वसभापति शेरबहादुर देउवानिकट नेताहरू आन्तरिक छलफलमा जुटेका छन्।
पूर्वसभापति देउवाको निवासमा आफूहरूबीच अनौपचारिक छलफल भएको नेता प्रकाशशरण महतले जानकारी दिएका छन्। पार्टीको पछिल्लो निर्णय र त्यसले पार्ने प्रभावबारे समूहभित्र प्रारम्भिक परामर्श भएको बुझिएको छ।
पार्टीको निर्णयपश्चात् आफ्नो समूहको आधिकारिक धारणा सार्वजनिक गर्नका लागि देउवा पक्षले आजै पत्रकार सम्मेलनको आयोजना गरेको छ। आज अपराह्न ४ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी समूहको धारणा स्पष्ट पारिनेछ।




प्रतिक्रिया