डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर

File Photo

काठमाडौं । प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि विराटनगर सिफारिस गरिएको छ।

जिल्ला अस्पताल इलामले प्रेस विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्था जोखिमपूर्ण बन्दै गएको भन्दै तत्काल विशेष उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय कोशी प्रदेशलाई अनुरोध गरेको हो।

टाइप–२ मधुमेहबाट पीडित केसीको स्वास्थ्य परीक्षण गर्दा रगतमा ग्लुकोजको मात्रा निकै कम र पिसाबमा एसिटोनको मात्रा बढी पाइएको अस्पतालले जनाएको छ।

स्वास्थ्य अवस्था थप बिग्रिन सक्ने जोखिम रहेकाले आवश्यक उपचार र व्यवस्थापन तत्काल गर्न अस्पतालले आग्रह गरेको छ।