काठमाडौं, १६ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई जवाफ फर्काएका छन् । बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर फेशबुकमा स्टाटस लेखेलगत्तै महासचिव पोख्रेलले जवाफी फायर खोलेका छन् ।
उनले बालेनले कार्यकारी अधिकृत नपठाएको विषयमा सरकारमाथि तिखो आक्रोश र असन्तुष्टि पोखेपनि के कारणले जान नमानेको विषयमा ध्यान नदिएको भन्दै बालेनको नै आलोचना गरेका छन् ।
पोख्रेलले फेशबुकमा लेखेका छन्-
काठमाण्डौं महानगरको मेयर वालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ । तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिदैन ।
कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्व कार्यकारी अधिकृत पठाउनु पर्दछ । कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्दछ ।




प्रतिक्रिया