काठमाडौं, १८ फागुन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस, एमाले र माओवादीलाई अहिले प्राप्त उपलब्धिहरु नै बढि भैसकेको टिप्पणी गरेका छन् । पार्टीको आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकम अध्यक्ष यादवले पेश गरेको राजनीतिक, संगठनात्मक प्रतिवेदन तथा प्रस्तावमा यो कुरा उल्लेख गरेका छन् ।
आगामी कार्यदिशा शीर्षकमा यादवले भनेका छन्–‘नेपाली कांग्रेस, एमाले र अहिलेको नेकपा माओवादी केन्द्रसमेतको लागि अहिले प्राप्त उपलब्धिहरु नै बढि भैसकेकोले उनीहरुको अबको एकमात्र लक्ष्य नै सरकार हो । तर, हाम्रोजस्तो समानता, स्वतन्त्रता, संघीयता, सुशासन, समृद्धि, सामाजिक न्याय र समाजवादी लोकतन्त्रको लक्ष्य बोकेको पार्टीको लागि संसदीय तथा गैरसंसदीय संघर्ष अहिलेको एकमात्र विकल्प हो । अहिले हामीले दुई वटा मोर्चाबाट संघर्ष गर्नुपर्दछ । एउटा संसदीय मोर्चा र अर्को सडक जनसंघर्षको मोर्चा हो ।’




प्रतिक्रिया