राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी


काठमाडौं, ३१ साउन । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकको प्रारम्भमै अध्यक्ष राजेन्द्र महतोले ३० जना केन्द्रीय पदाधिकारी र चार जना केन्द्रीय निकाय प्रमुखहरुलाई आ–आफ्नो मातृभाषामा पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

नेपाली, मैथिली, भोजपुरी, तामाङ, नेपाल भाषा, गुरुङ, लिम्बू, बज्जिका, मगही, थारु, हिन्दी, मगर, अवधी, खस, उर्दु, राजवंशीलगायतको भाषा र आ–आफ्नै भेषभुषामा पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतका केन्द्रीय समितिका निर्णयहरुको कार्यान्वयनको समिक्षा,संगठन विस्तार तथा जिम्मेवारी निर्धारण सम्बन्धमा, विचार मिल्ने पार्टी÷संगठनहरुसंग कार्यगत एकता, मोर्चावन्दी गर्ने सम्बन्धमा, पार्टी र बहुलराष्ट्रवादको संरचनाबीचको अन्तर्सम्बन्धबारे कार्यविधि, प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्बन्धि एजेन्डाहरु प्रस्तुत गरिएको छ। बैठक आजदेखि चार पाँच दिनसम्म लगातार जारी रहने बताइएको छ ।