काठमाडौं, १ भदौ । काठमाडौ-१०, बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले सेवा विस्तारको क्रममा रुपन्देही जिल्लाको मिलनचोक, बुटवलमा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखामार्फत बुटवल तथा छिमेकमा रहेका जिल्लाहरु पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, दाङ प्यूठान, नवलपरासीलगायतका सर्वसाधारणलाई दोश्रो बजारमा नविनतम प्रविधिसहित शेयर कारोबार गर्न अझै सहज हुने शाखा प्रमुख भानुभक्त पौडेल ‘कमल’ बताए ।
यस कम्पनीले निकट भविष्यमा देशका सम्भावित अन्य स्थानहरुमा पनि शाखा विस्तार गरी आम सर्वसाधारण समक्ष सहज रुपमा शेयर कारोबार गर्न सकिने र सुविधा प्रदान गर्ने लक्ष्य लिएको प्रबन्ध सञ्चालक शालिकराम अधिकारीले बताए ।
नेपाल धितोपत्र बोर्डद्वारा इजाजत प्राप्त तथा नेपाल स्टक एक्स्चेञ्च लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले मिति २०८० भाद्र १० देखि औपचारिक कारोबार शुभारम्भ गरेको थियो । कम्पनीले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ र प्रविधिमैत्री रुपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी) को सेवा प्रदान गरिरहेको अध्यक्ष प्रदिप केसीले जानकारी दिए ।





प्रतिक्रिया