नेपाल तरुण दलद्वारा पाँचौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक


काठमाडौं, २ भदौ । नेपाली कांग्रेसनिकट नेपाल तरुण दलको पाँचौं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पार्टीबाट अनुमोदन भई कार्यसमितिलाई प्राप्त भएको महाधिवेशनको कार्यतालिका सबै जिल्ला समितिहरूमा पठाएका छन् ।

कार्यतालिका अनुसार भदौ १५ गतेभित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन गर्ने, भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय र जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गरिसक्नुपर्ने छ ।

त्यसैगरी, कार्तिक २० गतेभित्र प्रदेशसभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन गर्ने र कार्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने, मंसिर १० गते भित्र सातै प्रदेशको अधिवेशन गर्ने र मंसिर २६, २७ र २८ गते महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।