काठमाडौं, फागुन २ । ललितपुरको कोन्ज्योसोम गाउँपालिका-१ इँटा बोकेको मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इँटा बोकेको मिनी ट्रक बाउनडाँडामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो। बागमती प्रदेश(०१(००४ क ६२२८ नम्बरको मिनी ट्रक शुक्रबार राति साढे ९ बजेतिर दुर्घटनामा परेको थियो।
जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी गौतम मिश्रका अनुसार दुर्घटनामा परेर घटनास्थलमै चालक ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार ४२ वर्षीय गणेश थापाको मृत्यु भएको थियो। उपचारका लागि पाटन अस्पताल पुर्याउने क्रममा थप दुई जनाको मृत्यु भएको हो।




प्रतिक्रिया