काठमाडौं, चैत २२ । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को शनिबार राति भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ६ रनले पराजित गरेको छ । अहमदाबादमा भएको खेलमा राजस्थानले दिएको २११ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर २०४ रन मात्र बनाउन सकेको थियो ।
गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ७३ रन बनाएका थिए भने जोस बटलरले २६, राशिद खानले २४ रन बनाएका थिए । त्यस्तै, राजस्थानका लागि रवि विश्नोईले ४ विकेट लिएका थिए ।
यसअघि पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो । राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ७५ रन बनाएका थिए भने यशस्वी जैसवालले ५५ र वैभव सूर्यवंशीले ३१ रन बनाएका थिए । यो जितपछि राजस्थान रोयल्सको २ खेलमा ४ अंक भएको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गुजरातले लगातार दोस्रो हार ब्यहोरेको हो ।
आईपीएलमा आज सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट तथा चेन्नाइ सुपर किंग्स र रोयल च्यालेन्जर बैंगलुरुबीच प्रतिस्पर्धा हुँदैछ ।




प्रतिक्रिया