आइपीएल : चेन्नाईसँग दिल्ली र पञ्जाबसँग हैदराबाद पराजित


काठमाडौं, चैत २९ । इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंङ्स विजयी भएको छ । शनिबार राति भएको खेलमा चेन्नई सुपर चेन्नाईले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको हो ।

चेन्नाईका लागि सन्जु सामसनले विष्फोटक ब्याटिङ गर्दै मात्र ५६ बलमा अविजित ११५ रन बनाए । उनलाई अर्का ब्याट्सम्यान आयुष म्हात्रेले ३६ बलमा ५९ रन बनाए । शिवम दुबेले आक्रामक खेल्दै १० बलमा अविजित २० रन बनाए । किङ्सले दिएको २१३ रनको लक्ष्य पछ्याएको दिल्लीले १८९ रन मात्र बनाउन सक्यो ।

त्यस्तै, अर्को खेलमा पञ्जाब किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको छ । हैदराबादले दिएको २२० रनको लक्ष्य पञ्जाबले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर २२३ रन बनाउँदै पूरा गरेको हो। पहिले ब्याटिङ गरेको हैदराबादले ६ विकेट गुमाएर २१९ रन बनाएको थियो ।