काठमाडौं, वैशाख २ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ३२ रनले हराएको छ ।
गएराति भएको खेलमा टस जितेर कोलकाताले बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको चेन्नईले ५ विकेट गुमाउँदै १९२ रन बनायो । जीतका लागि १९३ रनको लक्ष्य पाएको कोलकाताले ७ विकेट गुमाउँदै १६० रन मात्र बनायो । चेन्नईको यो लगातार दोस्रो जीत हो ।
चेन्नईका स्पिनर नोअर अहमदले ३ विकेट लिए । पाँचौँ खेलमा दोस्रो जीतसँगै ४ अङ्कका साथ चेन्नई तालिकाको आठौँ स्थानमा छ । समान ५ खेलमा कोलकाता ४ खेलमा पराजित हुँदै १ अङ्कसहित तालिकाको पुछारमा छ । आईपीएल क्रिकेटमा आज बेलुकी पौने ८ बजे आरसीबी र लखनउबीच बेङ्गलुरुमा खेल हुँदैछ ।




प्रतिक्रिया