आईपीएल : गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै


काठमाडौं, वैशाख ५ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्ससँग कोलकाता नाइट राइडर्स पाँच विकेटले हारेको छ । गएराती भएको खेलमा कोलकाताले दिएको १८१ रनको लक्ष्य गुजरातले १९ ओभर चार बलमा भेट्टाएको हो ।

अहमदावादमा टस जितेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा अलआउट हुँदै १८० रन बनायो ।
जीतसँगै ५ खेलमा ६ अङ्क जोडेको गुजरात तालिकाको चौथो स्थानमा छ । ६ खेल खेलेको कोलकाता एक अङ्कसहित तालिकाको पुछारमा छ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।

आज दुई वटा खेल हुँदैछन् । आज दिउँसो पौने ४ बजे रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र दिल्ली क्यापिटल्स तथा बेलुका पौने ८ बजे सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच खेल हुनेछ ।