काठमाडौं, जेठ २६ । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार बैठक दिउँसो १ः १५ बजेदेखि शुरु हुनेछ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक बर्ष २०८३/८४ को राजश्व र व्ययको बार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव पेश गर्ने छन् ।
प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले बैठक निरन्तर अवरोध गर्दै आएका छन् । आजको बैठक पनि अवरुद्ध हुने सम्भावना कायमै छ ।



प्रतिक्रिया