प्रतिपक्षलाई दबाएर अघि नबढ्न सभामुखलाई सांसद शाहीको चेतावनी


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सभामुख डीपी अर्याललाई संसदमा पेलेर अघि नबढ्न ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले प्रतिपक्षलाई बाहिर राखेर वा दबाएर अघि बढ्दा संसद सही गन्तव्यमा पुग्न नसक्ने चेतावनी दिए ।

‘पेलेर जाने नीति लिनुभन्दा आवश्यक छलफल गर्ने र प्रतिपक्षलाई समेत साथमा लिएर एकै ठाउँमा उभिन सकियो भने मात्र सही गन्तव्यमा पुग्न सकिन्छ,’ शाहीले भने ।

कर्णालीका पूर्वमुख्यमन्त्री समेत रहेका सांसद शाहीले जनताले समसामयिक मुद्दाहरूमा जवाफ खोजिरहेकाले सरकार र नेतृत्वले त्यसबाट आनाकानी गर्न नहुने तर्क गरे ।

Skip This

Omoda E5 Pro