आफैँ समय तोकेर मौनधारण गरेपछि कांग्रेससँग सभामुख रुष्ट


काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधिसभा बैठकमा आफैँ समय तोकेर मौनधारण गरेपछि सभामुख डीपी अर्यालले कडा आपत्ति जनाएका छन् । प्रतिपक्षी दलको उक्त कार्यले सार्वभौम संसद्कै अपमान भएको सभामुख अर्यालले टिप्पणी गरे ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसदहरूले विभिन्न आन्दोलन तथा ‘जेन–जी’ विद्रोहका शहीदहरूको सम्झनामा ५ मिनेट मौनधारण गरेका थिए । संसद्को कार्यसूची र सभामुखको अनुमतिबिना नै प्रतिपक्षले आफैँ समय निर्धारण गरेर मौनधारण गरेपछि सभामुख अर्यालले असन्तुष्टि पोखेका हुन् ।

सभामुख अर्यालले आगामी दिनमा यस्ता गतिविधि नदोहोर्‍याउन संसद्को ध्यानाकर्षण समेत गराए ।

Skip This

Omoda E5 Pro