आत्मदाहपछि निधन भएका गणेशकाे परिवारलाई अमेरिकामा बसोबास गर्ने समाजसेवी लेखनाथ दम्पतीकाे सहयाेग


काठमाडौं। आत्मदाहपछि उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपालीकाे परिवारलाई अमेरिकाको विस्कन्सिनमा बसोबास गर्दै आएका समाजसेवी लेखनाथ तिमिल्सेना र उनकी धर्मपत्नी रेश्मा तिमिल्सेनाले आर्थिक सहयोग गरेका छन्।

तिमिल्सेना दम्पतीले स्वर्गीय गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति गहिरो समवेदना प्रकट गरे । नेपालीकाे परिवारलाई रु. १ लाख १ हजार आर्थिक सहयोग गरेका छन्।

व्यक्तिगत संवेदनालाई सामाजिक उत्तरदायित्वसँग जोड्ने यस्ता पहलले विपद् र शोकका बेला सहयोग र सहकार्यको संस्कारलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास गरिएको छ। विशेषतः प्रवासमा रहेका नेपालीहरूले विभिन्न मानवीय संकटका समयमा देखाउँदै आएको सहयोगले नेपाली समुदायबीचको आपसी विश्वास, सद्भाव र सामाजिक एकताको भावना अझ मजबुत बन्दै गएको छ।

प्रवासबाट सामाजिक सेवामा सक्रिय तिमिल्सेना दम्पती यसअघि पनि विभिन्न मानवीय तथा परोपकारी अभियानमा सहयोग गर्दै आएका छन्।