बाढीपीडित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार हुने


भक्तपुर । बाढीपीडित क्यान्सर बिरामीका लागि भक्तपुर क्यान्सर अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ। अस्पतालले कुल सेवाको १० प्रतिशत निःशुल्क बेड तथा उपचार सेवा प्रदान गर्दै आएको छ।

यसै व्यवस्थाअन्तर्गत बाढीपीडित क्यान्सर बिरामीलाई बेड चार्ज, ल्याब परीक्षण शुल्क र अक्सिजन शुल्क पूर्ण रूपमा निःशुल्क गरिने भएको हो । साथै अस्पतालमा उपलब्ध भएसम्मका औषधिहरू समेत निःशुल्क उपलब्ध गराइने अस्पतालले जनाएको छ।

विपन्न, असहाय तथा बेसहारा बिरामीहरूले नेपाल सरकारले प्रदान गर्ने विपन्न नागरिक क्यान्सर उपचार, स्वास्थ्य बिमा र प्रदेश सरकारले प्रदान गर्दै आएका विभिन्न सुविधाहरू लिन सक्नेछन्। ती सुविधाहरू प्राप्त गर्न अस्पतालको सामाजिक सेवा एकाइ वा प्रशासन शाखामा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ।