गगनलाई शुभकामना दिँदै विश्वप्रकाशले भने -‘लु ब्रदर, बलियो कमान्डका लागि शुभकामना !’


काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित विश्वप्रकाश शर्माले पार्टी सभापतिमा विजयी गगन थापालाई बधाई तथा शुभकामना दिएका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै शर्माले पार्टीको यात्रा लक्ष्यमा पुग्न अझै धेरै काम गर्नुपर्ने चरणमा रहेको उल्लेख गरेका छन्। उनले देशलाई गन्तव्यमा पुर्‍याउन चुनौतीको संयमपूर्वक सामना गर्नुपर्ने, फरक विचार र भावनालाई जोड्नुपर्ने तथा विगतका उपलब्धिको संरक्षण गर्दै कमजोरी सुधार्नुपर्ने बताएका छन्।

शर्माले इतिहासप्रति इमानदार रहँदै देशको समुन्नतिका लागि काम गर्नुपर्नेमा जोड दिएका छन्। गगन थापाको नेतृत्वमा पार्टीले यी लक्ष्य हासिल गर्न सक्ने विश्वास व्यक्त गर्दै उनले आफ्नो पूर्ण साथ र समर्थन रहने प्रतिबद्धतासमेत जनाएका छन्।

‘लु ब्रदर–बलियो कमान्डका लागि शुभकामना !’ भन्दै शर्माले कामना गरेका छन्।