काठमाडौं, २९ पुस । स्वामी आनन्द अरुणले दिनमा कम्तिमा पनि दुई पटक यौनसम्पर्क (सेक्स) गर्न सुझाव दिएका छन्। शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै स्वामी अरुणले यस्तो टिप्स् दिएका हुन् ।
व्यक्तिको शारिरीक क्षमता र मानसिक विचारले नै हप्तामा वा दिनमा कतिपटक सेक्स गर्ने भन्ने कुरा निर्धारण गर्ने उनले स्पष्ट पारे । दिनमा वा हप्तामा कतिपटक सेक्स गर्ने भनेर ‘थम रुल’ बनाउन थालिए दुराचारतर्फ जाने खतरा हुनेपनि उनले औंल्याए । नेपाललाई ‘सेक्स टुरिज्म हब’ बनाउनुपर्ने पनि अरुणको धारणा छ ।
फरक प्रसँगमा उनले नेपालमा अब राजसंस्था फर्किन धेरै कठिन रहेकोपनि दाबी गरेका छन् । उनले भनेका छन्,‘यो मेरो व्यक्तिगत टिप्पणी हो । म ज्योतिष पनि होईन ।




प्रतिक्रिया