काठमाडौं : समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवलाई पार्टीले कारबाही गरेको छ । समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले यादवलाई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
लाटभिया देशको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’ को कार्यक्रममा यादव सहभागि भएका थिए ।
तर, फ्रि तिब्बतसम्बन्धी कार्यक्रममा सहभागि भएकोबारे पार्टीले स्पष्टीकरण सोध्दा उनको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले उनलाई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरिएको पार्टी उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया