काठमाडौं, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालबाट समाजवादको नयाँ मोडेल दिनसकिने विश्वासले नेकपा बनाएको भएपनि सबैको सपनामाथि कुठराघात गर्ने काम भएको आरोप लगाएका छन् । अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
संविधानमाथि प्रहार भएको र अहिले सबै एकचोटि आन्दोलनमा जानुपर्ने आवश्यक भएको पनि दाहालले सुनाए । उनले वाम गठबन्धन र पार्टी एकताको प्रस्ताव केपी ओलीको नभएको बरु आफूहरुको भएको उनको दाबी छ । जनताका चाहना र लक्ष्यहरु दुर्घटनामा पारिएको पनि उनले आरोप लगाए । परिवर्तनका एजेण्डामाथि निर्मम प्रहार भएको पनि दाहालको आरोप छ । file photo




प्रतिक्रिया