वर्ष २०७७ निरर्थक भएनः प्रधानमन्त्री


काठमाडौं, बैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताएका छन्।

नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताए । सम्बोधन क्रममा उनले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि उल्लेख गरेका छन् ।

Skip This

Omoda E5 Pro