बखतियार अलि, सर्लाही १२चैत्र । बाटो विवादमा दुई पक्षबीच झडपमा परि संघीय सांसद प्रमोद साह गम्भीर घाईते भएका छन् । अंगरक्षक बिनोद यादव पनि घाईते हतियार संगै ७ राउन्ड गोली पनि खोसियो ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवास बजारमा बाटोको बिषयमा दुई पक्षबीच झडप भएको छ । झडपमा परेर सर्लाही क्षेत्र नं, १ बाट प्रत्यक्ष निर्वाचित सांसद प्रमोद साह गम्भीर रूपमा घाईते भएका छन् ।
सांसद साहको टाउकोमा गम्भीर चोट लागेको छ। साथै, उनको अंगरक्षक असई विनोद प्रसाद याद पनि घाइते भएका छन् । अंगरक्षकको पेस्तोल र ७ राउन्ड गोली पनि खोसिएको अंगरक्षकले बताए । बलयवास बजारमा रहेको फुलजोर बाबा युवा क्लबबको भवन बनाउने विषयमा दुर्इ पक्षबीच झडप भएको थियो । अहिले यहाको अवस्था तनावग्रस्त रहेको छ ।




प्रतिक्रिया