काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मोहनलाल आचार्यले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले पदबाट नहटाएको दाबी गरेका छन्। उनले कार्कीलाई हटाइएको नभई जिम्मेवारी मात्रै परिवर्तन गरिएको बताएका हुन्।
बुधबार रिपोर्टर्स कलब, नेपालको साक्षात्कारमा बोल्दै सांसद आचार्यले सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको बताए।
‘आईजीपी कार्कीलाई सरकारले हटाएको छैन, उहाँलाई सरुवा मात्रै गरेको हो,’ उनले भने।
सरकारको निर्णयलाई पार्टीले पनि स्वागत गर्ने उनको भनाइ छ। प्रहरी सङ्गठनभित्र विचौलिया इनम सापकोटाको संलग्नताबारे उठेका विषयमा छानबिन गर्न सहज होस् भन्ने उद्देश्यले सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको उनको तर्क छ।
आचार्यका अनुसार कार्कीलाई उक्त जिम्मेवारीमा सरुवा गरेर उनीसँग सम्बन्धित विषयमा छानबिन गर्न सहज वातावरण बनाउने सरकारले याे निर्णय गरेकाे हाे।




प्रतिक्रिया