काठमाडौं । गृह मन्त्रालयले नवनियुक्त आईजीपी डा.मनोजकुमार केसीलाई आज साँझ ५ः४५ को समयमा दज्र्यानी चिह्न (फुली) लगाउने भएकाे छ ।
मन्त्रालयस्रोतका अनुसार बिहीबार विहान फुली लगाइदिन डा.केसीले माग गरेका थिए ।
तर, गृहमन्त्री सुधन गुरुङको आग्रहपछि उनी आजै फुली लगाएर पदबहाली गर्न तयार भएका हुन् ।
प्रहरी प्रधान कार्यालयस्रोतका अनुसार नवनियुक्त आईजीपी डा.केसीलाई फुली लगाएपछि हेडक्वार्टर लैजानका लागि औपचारिक समारोहमा प्रयोग गरिने कालो गाडी गृह मन्त्रालय पठाइएको छ ।




प्रतिक्रिया